काठमाडौँ ।  सयको नोटमा चुच्चे नक्सा छाप्ने नेपालको निर्णयप्रति प्रारम्भिक रूपमै भारतीय उच्चतहबाट बिरोध प्रतिक्रिया सार्वजनिक भएको छ।

भारतको कब्जामा रहेको उक्त क्षेत्रलाई आफ्नो नक्सामा पार्ने नेपालको निर्णयप्रति त्यतिबेलै असहमति जनाएको भारतले नोटमा उक्त फोटो राख्ने निर्णयप्रति प्रारम्भिक रूपमै उच्च तहबाट विरोध जनाएको हो।

advertisement

शनिबार भुवनेश्वरी पुगेका भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालको निर्णयले अहिलेको परिस्थिति र वास्तविकता नबदलिने प्रतिक्रिया जनाएका छन्।

भारतीय सञ्चार माध्यम इण्डियन एक्सप्रेसले उनको भनाइ उद्धृत गर्दै लेखेको छ, ‘ हाम्रो अडान एकदमै स्पष्ट छ। नेपालसँग हाम्रो सीमाका विषयमा स्थापित मञ्चमार्फत् छलफल भइरहेको छ। यही अवस्थामा नेपालले एक पक्षीयरूपमा निर्णय लिएको छ।’

भारतीय पक्षको यस्तो प्रतिक्रियाले सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णयलाई भारतले अस्वीकार गर्ने संकेत गरेको छ। भारतले चुच्चे नक्सा भएको नोटलाई भारतले मान्यता नदिँदा नेपाली अर्थतन्त्रमै असर पर्ने अर्थविद्हरू बताउँछन्।

 

प्रकाशित मिति: २३ बैशाख २०८१, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com