काठमाडौं । सर्वोच्च अदालतले सिधा कुरा डटकम अनलाइनलाई सूचना दिने व्यक्तिलाई प्रहरीको जिम्मा लगाउन आदेश दिएको छ।
अदालतको अवहेलना हुने सामग्री उक्त अनलाइनमा छापेको भन्दै सर्वोच्चमा रिट दायर भएको थियो। त्यसमाथि आइतबार न्यायाधीशहरू हरिप्रसाद फुयाल र महेश शर्मा पौडेलको संयुक्त इजलासले सूचना दिने व्यक्ति राजकुमार तिमिल्सिनालाई प्रहरीको जिम्मा लगाउन आदेश दिएको हो।
‘आज बयानका लागि उपस्थित हुन आउनुभएका राजकुमार तिमिल्सिनाको बयान कार्य प्रारम्भ भएको तर सम्पन्न हुन नसकेकाले वैशाख २४ गते (सोमबार)१० बजे उक्त बयानलाई निरन्तरता दिने प्रयोजनका लागि उनलाई उपस्थित गराउने गरी यस अदालतका रजिष्टारमार्फत प्रहरीलाई जिम्मा लगाउनू,’ आदेशमा भनिएको छ।
प्रकाशित मिति: २३ बैशाख २०८१, आइतबार
प्रतिक्रिया