काठमाडौँ । बागमती प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ।
बागमती मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार प्रदेशमा सरकारी काम काजको भाषा प्रयोगमा ल्याउने क्रममा आज वैशाख २४ गते प्रदेशभर सार्वजनिक बिदा दिइएको हो ।
प्रदेशभित्र सरकारी काम काजको भाषाको रूपमा नेवारी र तामाङ भाषालाई आज काठमाडौँको वसन्तपुरमा एक समारोहको आयोजना गरी शुभारम्भ गर्ने बताइएको छ ।
मन्त्रिपरिषद्को बैठकले वैशाख १२ गते निर्णय अनुसार वैशाख २४ गते बिदा दिने सन्दर्भमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेको छ ।
प्रकाशित मिति: २४ बैशाख २०८१, सोमबार
प्रतिक्रिया