दाङ । दाङमा बञ्चरो प्रहारबाट दुई जनाको हत्या भएको छ।
शनिबार बेलुकी करिब ५ बजे घोराही उपमहानगरपालिका -१० पहेलपारमा स्थानीय ५० वर्षीया जुपली बुढा र सुर्खेत वीरेन्द्रनगर नगरपालिका-२ घर भएकी ४४ वर्षीया संगीता सुनारको बञ्चरो प्रहारबाट हत्या भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनकबहादुर मल्ले जानकारी दिए ।
यी दुई महिलाको घोराही चौघेरा बस्दै आएका ५७ वर्षीय टेकबहादुर घर्तीले हत्या गरेको एसपी केसीले जानकारी दिए। रा १ ह ३७७९ नम्बरको अटो चालक रहेका घर्ती थवाङ गाउँपालिका-२ का हुन्। उनी चौघेरमा बसेर अटो चलाउँदै आएको प्रहरीले जनाएको छ।
हत्या गर्ने घर्तीलाई प्रहरीले घोराही १० सौँडिकुलाबाट नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार दुवै महिलाको टाउकोमा बन्चरो प्रहार गरि हत्या गरिएको छ।
‘टाउकोमा बन्चरो प्रहार गरेर हत्या गरिएको छ,’एसपी केसीले भने ‘दुवै जना घरको कोठामा मृत अवस्थामा फेला परेका थिए।’
प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ। घटनाको यकिन कारण खुली नसकेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २९ बैशाख २०८१, शनिबार
प्रतिक्रिया