सल्यान । सल्यानमा १३ दिने सुत्केरी श्रीमतीको हत्या गरी श्रीमानले आत्माहत्या गरेका छन् । जिल्लाको सिद्धकुमाख गाउँपालिका– ४ सागिनेका ३२ वर्षीय केशव रानाले धारिलो हतियार प्रहार गरी २७ वर्षीया श्रीमती केवली रानाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

श्रीमतीको धारिलो हतियारले घाँटी रेटेर हत्या गरी श्रीमान् पनि घरनजिकै रुखमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख, प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिए।

advertisement

उनका अनुसार आज बिहान करिब ४ बजेको समयमा सुत्ने कोठामा श्रीमतीको हत्या गरी श्रीमानले पनि आत्महत्या गरेका हुन् । घटनाको अनुसन्धानका लागि डिएसपी कार्कीको नेतृत्वमा प्रहरी टोली खटिएको छ । रानादम्पतीका १३ दिनको नवजात शिशु छोरीसहित ४ छोराछोरी रहेको प्रहरी प्रमुख कार्कीले जानकारी दिए।

आइतबार मात्रै  बनगाड कुपिण्डे नगरपालिका- ४ देउलीमा श्रीमानले श्रीमतीको घाँटी रेटेर हत्या गरी श्रीमान् पनि  झुन्डिएर आत्माहत्या गरेका थिए । उनीहरूको पनि डेढ वर्षकोी छोरीसहित तीन छोराछोरी रहेका छन् । अभिभावक गुमाएपछि उनीहरूको पालनपोषणमा समस्या भएको छ ।

  • दिपक शर्मा/ नयाँ पत्रीका

प्रकाशित मिति: १ जेष्ठ २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com