काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई गृहमन्त्रीले प्रतिशोध र बदनियत राखेर पक्राउ गरेको भन्दै सञ्चारमाध्यमहरुले सम्पादकीयमा कालो पोतेर सामूहिक विरोध जनाएका छन्।

स्वतन्त्र प्रेसमाथि आक्रमण हुँदा यसरी विरोध जनाउने विश्वव्यापी प्रचलन हो।

advertisement

आज प्रकाशन हुने सबैजसो दैनिक पत्रिकाले विशेष सम्पादकीयको स्थानमा कालो पोतेर ‘तथ्य डग्दैन, कलम झुक्दैन’ शीर्षकको एक लाइनको सम्पादकीय लेखेका छन्।

नयाँ पत्रिका, नागरिक र कारोबार दैनिक भने यो सामूहिक विरोधमा सामेल छैनन् ।

प्रकाशित मिति: ९ जेष्ठ २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com