मुगु । मुगुस्थित रारा ताल्चा विमान स्थलमा सीता एयरको ठक्करबाट एक जना घाइते भएका छन् ।

बिहीबार नेपालगन्जका लागि यात्रु भरेर उड्ने तयारीमा रहेको सीता एयरको टुइनेटर विमानको अघिल्लो भागले ठक्कर दिँदा सोही विमानस्थलमा कार्यरत मुगु स्टेशन प्रमुख धिरेन्द्र भाम घाइते भएका हुन् ।

भाम विमानका पाइलटलाई विमान उडानका लागि संकेत (कम्युनिकेशन) गरिरहेका बेला चालकले बोलाएपछि विमानतर्फ जाँदै गर्दा विमान गुड्न शुरु गरेर विमानको अघिल्लो भागले ठक्कर दिँदा घाइते भएको प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

घाइते भइ अचेत अवस्थामा रहेका भामलाई सीता एयरकै विमानमार्फत उपचारका लागि नेपालगन्ज लगिएको छ ।

प्रकाशित मिति: १० जेष्ठ २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com