काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउको विरोधमा सर्वत्र आलोचना भइरहेका बेला जिल्ला अदालत धनुषाले सिरोहियालाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।
न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले अध्यक्ष सिरोहियामाथि लागेको आरोपको अनुसन्धान गर्न आइतबारसम्मका लागि हिरासतमा राख्न जिल्ला प्रहरी कार्यालय धनुषालाई अनुमति दिएको हो ।
प्रकाशित मिति: ११ जेष्ठ २०८१, शुक्रबार
प्रतिक्रिया