काठमाडौँ । सरकारले कर्मचारीको तलब सुविधा नबढाउने भएको छ। मंगलबार प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले पेस गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमा वर्षमान पुनले कर्मचारीको तलबमान वृद्धिको घोषणा गरेनन् ।
पछिल्लो पटक सरकारले १ साउन २०७९ देखि लागू हुने गरी कर्मचारीको नयाँ तलबमान कायम गरेको थियो । त्यतिबेला निजामती कर्मचारी, सेना, प्रहरी, शिक्षक, स्वास्थ्य सेवा, संसद सेवा, प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि नयाँ तलबमान कायम गरिएको थियो ।
अहिले सरकारी कर्मचारीको तलब न्युनतम् २६ हजार ३४८ र अधिकतम ८२ हजार ३५९ रुपैयाँसम्म छ । आर्थिक वर्ष २०७९/८० को बजेटमा सरकारले सबै सरकारी कर्मचारीको तलबमा १५ प्रतिशतले वृद्धि गरेको थियो । आगामी वर्षको बजेटले तलब सुविधा वृद्धिबारे कुनै घोषणा नगरेपछि सोही तलब कायम हुने भएको छ ।
प्रकाशित मिति: १५ जेष्ठ २०८१, मंगलबार
प्रतिक्रिया