काठमाडौँ । सत्तारुढ घटक राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी लगाएर संसद बैठकमा पुगेका छन् । टी-२० विश्वकप खेल्न अमेरिका पुगेको नेपाली टिमको समर्थनमा उनीहरूले जर्सी लगाएका हुन् ।
बैठक प्रवेश गर्नुअघि उनीहरूले सामूहिक फोटो खिचाएका थिए । १० वर्षपछि टी-२० विश्वकप खेल्न लागेको नेपालको पहिलो खेल नेदरल्यण्डससँग छ । समूह ‘डी’को पहिलो खेल नेपाली समयअनुसार राति सवा ९ बजेबाट सुरु हुनेछ ।
प्रकाशित मिति: २२ जेष्ठ २०८१, मंगलबार
प्रतिक्रिया