काठमाडौं । सामाजिक सन्जालमा नेपाली क्रीकेट टोलिका खेलाडीहरु अमेरिकाको टेक्ससस्थित पशुपतिनाथ मन्दिरमा पुजाअर्चना गरेको एउटा भिडिओ एकाएक भाईरल भयो। ‘मन्दिरले कामी भनेर विभेद गर्यो’, ‘पुजारीले दलित भनेर टिका लगाईदिएनन्’ जस्ता अनेकन टिका-टिप्पणी भए।
तर, बास्तबिकता भने फरक छ। क्रिकेट खेलाडी सोमपाल सबैभन्दा पहिले बिहानै मन्दिर भित्र प्रवेश गरेका थिए । उनी सरासर भक्तजनले पुजा गर्ने ठाउँमा गएपछि मन्दिरका पुजारी मेघराज निरौला क्रिकेटप्रेमी भएको र सोमपाललाई चिन्ने कारण महादेवको सानो मूर्तिमा जल अभिषेक गरे । आरती गरे र दुबै पुजारीले टिका लगाईदिए।
एकैछिनमा अन्य खेलाडी र कोच मोन्टी देसाइ पनि मन्दिरभित्र प्रवेश गरे । उनीहरुले पनि आरती गरे र पुजारीले अभिषेक गरिदिए । पुजारीले क्रमैसँग टिका लगाइदिए र प्रसाद दिए । पहिल्यै निधारमा टिका भएका कारण पछि साथीहरुसँग जाँदा चाहिँ सोमपालले हातमा प्रसाद मात्र लिए । निधारमा त्यहिं लगाएको टिका भएकोले उनले दोहोर्याउन चाहेनन् । तर सोही भिडिओ एकाएक सामाजिक संजालमा भाईरल भयो र विभेद गरिएको भन्दै विभिन्न नकारात्मक टिप्पणीहरु हुन थाल्यो।
प्रकाशित मिति: २२ जेष्ठ २०८१, मंगलबार
प्रतिक्रिया