काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भोलेन्टियर्स नेशनल नेटवर्क बनाउने घोषणा गरेका छन् ।
समाज परिवर्तनको प्रयासलाई सचेत ढङ्गले अघि बढाउनका लागि पार्टीले महिला र पुरुष दुवैको भोलेन्टियर्स नेशनल नेटवर्क बनाएर परिचालन गर्न चाहेको ओलीको भनाई थियो । एमालेले हालै सम्पन्न गरेको राष्ट्रिय महिला भेलामा महिलाहरूलाई मात्रै भोलेन्टियर्सको रूपमा परिचालन गरेको थियो ।
आइतबार पार्टी मुख्यालय च्यासलमा उनीहरूको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै ओलीले पार्टीले महिला र पुरुष दुवैको भोलेन्टियर्स नेशनल नेटवर्क बनाएर काम गर्ने सोचलाई अघि बढाएको बताए । उनले त्यसमा सहभागी हुनेले जंगी अनुशासनमा रहेर समाजलाई लयमा अघि बढाउन सहयोग गर्ने बताए ।
अध्यक्ष ओलीले एमालेले यसअघि नै पिपुल भोलेन्टियर्स, युथ फोर्स जस्ता संस्थाहरूलाई स्वयंसेवी संस्थाको रूपमा परिचालन गरेको पनि स्मरण गराए ।
प्रकाशित मिति: २७ जेष्ठ २०८१, आइतबार
प्रतिक्रिया