काठमाडौं । नेपालका लागि इजरायली राजदूत हनान इजरायली भूमिबाट प्यालेस्टिनी लडाकु समूह हमासको कब्जामा परेका नेपाली युवा विपिन जोशीको परिवारलाई भेट्न नेपालका लागि इजरायली राजदूत हनान कञ्चनपुर पुगेका छन्।

राजदूत गोडर र उनको टोलीले विपिनको परिवारसँग भेटवार्ता गरेका हुन्। राजदूत गोडरले विपिनको परिवारसँगको भेटमा उनकाे खोजी जारी राखेको बताए।

advertisement

उनले परिवारलाई विपिनको सकुशल उद्धारका लागि इजरायली सरकार प्रतिबद्ध रहेको आश्वासन पनि दिए।

गोडरले परिवारलाई ढुक्क रहन आग्रह गर्दै भने,  ‘हामीले खोजी जारी राखेका छौं, ढुक्क हुनुहोस्, उहाँलाई सकुशल उद्धार ’
विपिनको परिवारले राजदूतसँग विपिनको अवस्थाको बारेमा जानकारी मागेका थिए। उनीहरुले विपिनको रिहाइलाई पहिलो प्राथमिकतामा राख्न राजदूत समक्ष आग्रह गरे।

प्रकाशित मिति: २७ जेष्ठ २०८१, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com