काठमाडौं । नेपाली क्रिकेट टीमका मिडियम फास्ट बलर प्रतिश जिसीकी आमा प्रतिभा जिसीले सन्दीप लामिछाने पुनः टीममा आउनु खुशीको कुरा भएको प्रतिक्रिया दिएकी छिन्।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्रतिशको ठाउँमा सन्दीपलाई सहभागी गराएको समाचार सुनेपछि मन भारी भएको भन्दै प्रतिशकी आमा प्रतिभाले छोराले खेल्न नपाउने खबरले दुःखी भएपनि सन्दीप पुनः टीममा आउनु खुशीको कुरा भएको बताएकी छिन्।

advertisement

१२ जुनमा हुने नेपाल र श्रीलङ्का बीचको खेल हेर्न अमेरिका पुगेकी उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘स्पिनर बलरको सबस्टिच्युट लेफ्ट आम मिडियम फास्ट बलर कसरी हुन्छरु त्यो चाहिँ बुझ्न सकिन। तर, यहाँ मेरो छोरो तेरो छोरो भन्दा पनि सबै खेलाडीहरु हाम्रै छोरा हुन्। यहाँ छोरोले भन्दा पनि देशले जित्नुपर्नेछ। जुन खेलाडी टिममा भएपनि नेपालको लागि राम्रो खेल्ने खेलाडी टिममा हुनुपर्छ। हामी देशले जितेको हेर्न चाहन्छौँ। सन्दिप टिममा पुनरागमन हुँदा एकदमै खुशी छु। नेपाल किक्रेट टिम एउटा परिवार हो। यहाँ दाई र भाई जो खेले पनि देशकै लागि खेल्ने हो। सन्दीपलाई शुभकामना।’

प्रकाशित मिति: २९ जेष्ठ २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com