नवलपरासी । पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा नगरपालिकाले निर्माण गर्दै गरेको नालामा पुरिएर तीनजना मजदुरकाे निधन भएको छ। ज्यान गुमाउनेमा सबै महिला रहेका छन्। उनीहरू सबै नालामा काम गर्दै गरेका मजदुर हुन्।

प्रहरीका अनुसार ढिस्कोले पुरिएर कावासोती ५ लक्ष्मीनगरनिवासी ५१ वर्षीया सेती राना, २६ वर्षीया तानमाया गाहा र ३२ वर्षीया चमेली दर्लामीको निधन भएको हो।

advertisement

उनीहरूलाई जेसिबी र स्थानीयको सहयोगमा प्रहरीले उद्धार गरेर जिल्ला अस्पताल डन्डा पुर्‍याए लगत्तै अस्पतालले मृत घोषणा गरेको हो। उक्त नाला विश्व बैंकको २७ करोड सहयोगमा निर्माण गरिएको थियो। केही दिनभित्र काम सक्ने गरी काम भइरहेको थियो।

प्रकाशित मिति: ३१ जेष्ठ २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com