काठमाडौँ । नेपाल पेट्रोलियम ट्यांकर चालक संघ र सरकारबीच वार्ता सकारात्मक रूपमा टुंगिएको छ ।
सिंहदरवारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफलमा चालकहरू पेट्रोलियम पदार्थको ढुवानी गर्न सहमत भएका हुन् ।
नेपाल आयल निगमका अनुसार पेट्रोलियम ट्यांकर चालक संघ, निगम र मन्त्रालयबीच भएको छलफलमा चालकले पेट्रोलियम पदार्थ ढुवानी गर्ने सहमत भएको हो ।
आयल निगममा लामो समयदेखि ट्यांकर चालक मजदुरहरू आवश्यक सेवा सुविधाविना नै काम गर्न बाध्य रहेको र यो समस्या समाधानका लागि लामो समयदेखि अनुरोध गर्दा पनि सुनुवाइ नभएको भन्दै ७ बुँदे माग राखेर हड्तालमा उत्रिएका थिए ।
प्रकाशित मिति: ४ असार २०८१, सोमबार
प्रतिक्रिया