काठमाडौं । भु तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापका कार्यालय प्रमुख सुरेश दाहाल सोमबार बिहानै मदिराले लठ्ठिएर होहल्ला गर्दै गरेको अवस्थामा कार्यालयबाटै प्रहरीले नियन्त्रणमा लिएको छ।
मदिराले लठ्ठिएका कार्यालय प्रमुख दाहालले प्रहरीलाई समेत अभद्र व्यवहार गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी प्रदीप कुमार सिंहले दाहाललाई नियन्त्रणमा लिएर प्रहरी कार्यालय ल्याइएको जानकारी दिए ।
सार्वजनिक स्थानमा मदिरा सेवन गरेर झै–झगडा गर्ने व्यक्तिलाई सार्वजनिक अपराध अन्तर्गत मुद्दा प्रक्रिया अगाडि बढाउन सकिने कानूनी प्रावधान छ । दाहाल राष्ट्रसेवक कर्मचारी भएकाले कार्यालयमै मदिरा सेवन गरी होहल्ला गर्नु गलत रहेको भन्दै डिएसपी सिहंले यस सम्बन्धमा अनुसन्धान भइरहेको बताए ।
प्रकाशित मिति: ४ असार २०८१, सोमबार
प्रतिक्रिया