चितवन । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा फरार रहेका गीतेन्द्रबाबु (जीबी) राई मलेसियामा रहेको र नेपाल ल्याउने प्रयास भइरहेको दोहोर्‍याएका छन् ।

बिहीबार भरतपुर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा गृहमन्त्री लामिछानेले राईलाई स्वदेश ल्याउन मलेसियाका गृहमन्त्रीसँग आफ्नो संवाद भइसकेको तर सुपुर्दगी सन्धिलगायत विभिन्न कारणले तत्काल ल्याउन नमिलेको बताएका हुन् ।

गृहमन्त्री लामिछानेले यसअघि पनि राई मलेसियामा रहेको बताएका थिए । पत्रकारहरूले गृहमन्त्री लामिछानेलाई ‘पहिले राजकुमार चेपाङलाई मलेसियाबाट ल्याइएको थियो भने जीबीलाई ल्याउन किन गाह्रो परेको हो’ भनेर प्रश्नसमेत गरेका थिए । जवाफमा गृहमन्त्री लामिछानेले ‘विषय फरक हुन्छ, ठाउँ एउटै भए पनि व्यक्ति फरक हुन्छ, परिस्थिति फरक छ’ भन्ने प्रतिक्रिया दिए ।

प्रकाशित मिति: ८ असार २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com