काठमाडौँ । दक्षिण कोरियाको एक लिथियम ब्याट्री कारखानामा आज आगलागी भएको छ । आगलागीमा परी २२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १८ चिनियाँ नागरिक रहेका छन् ।

दमकल विभागबाट प्राप्त जानकारी अनुसार १ जना बेपत्ता रहेका छन् । विभागका अधिकारी किम जिन यङले शवहरू नराम्ररी जलेकाले पहिचान गर्न समय लाग्न सक्ने बताए। उनले राजधानी सियोलको दक्षिणमा रहेको ह्वासेओङमा रहेको ब्याट्री उत्पादक एरिसेलले सञ्चालन गरेको कारखानामा बिहान १० बजे तिर आगलागी भएको बताए ।

५ हजार युनिट भएको गोदाममा रहेको ब्याट्री सेल युनिटको विस्फोटका कारण आगलागी भएको किम जिन-योङले बताए । तर विस्फोट के कारणले भएको हो भन्ने खुल्न सकेको छैन । जानकारी अनुसार आगलागी हुँदा कम्पनीमा ६७ जना काम गरिरहेका थिए ।

किम जिन९योङले आगलागी यति भीषण भएको भन्दै कारखाना जलेर खरानी भएको बताए । कसैको उद्धार हुने आशा छैन। आगो नियन्त्रणमा आएको भए पनि शवको खोजी भइरहेको उनले बताए । अधिकांश शव कारखानाको दोस्रो तल्लामा भेटिएका थिए ।

प्रकाशित मिति: ११ असार २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com