काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नेपाल एयरलाइन्सको जहाजको इन्जिन मर्मतको विषयमा छानबिन गर्न समिति बनाएको छ ।

निगमले आफ्नो ए ३२० वायुयानको इन्जिन मर्मत सम्भार गर्न इजरायल पठाएको थियो भने ए ३३० को ३ सी चेकका लागि इजाली पठाएको थियो । सो सम्बन्धमा प्रश्न उठेपछि छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्ने गरी मन्त्रीस्तरीय बैठकबाट मन्त्रालयले नेपाल नागरिक उड्ययन प्राधिकरणका पूर्व महानिर्देशक त्रिरन्त मानन्धरको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको हो ।

प्राधिकरणका पूर्वमहानिर्देशक मानन्धर र यस समितिमा प्राधिकरणका अर्का पूर्वमहानिर्देशक रतिशचन्द्र लाल, चार्टर्ड एकाउन्टेन्ट, कानुनविज्ञ सदस्य छन् भने मन्त्रालयका अधिकृत सुवर्णराज भट्टराई सदस्य सचिव छन् ।

 

प्रकाशित मिति: २१ असार २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com