दाङ । दाङमा बाघको आक्रमणबाट तीन जना घाइते भएका छन्। सोमबार विहान साढे ६ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ स्थित नवदुर्गा सामुदायिक बनमा च्याउ टिप्न गएका तीन जनालाई बाघले आक्रमण गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बताए ।

उनका अनुसार तुलसीपुर ९ वेलुवा निवासी ४५ वर्षीया कमला केसी, सोही ठाउँकी ५३ वर्षीया सीता कुमारी भण्डारी, सोही ठाउँकी १८ वर्षीया सरिता भण्डारी घाइते भएका हुन्।

केसीको दुवै हातमा  सामान्य चोट लागेको छ, त्यस्तै सीताको  ढाड र पेटमा तथा सरीताको दाँया हातमा सामान्य चोट लागेको छ । घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइहरेको छ ।

प्रकाशित मिति: २५ असार २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com