काठमाडौं । सहकारी ठगीमा अधिवक्ता (वकिल)को पनि संलग्नता रहेको खुलेको छ। वज्रयान बहुउद्देश्यीय सहकारी संस्थाको ११ करोड ३० लाख बढी रकम अपचलनमा अधिवक्ता रविन्द्र बज्राचार्यको संलग्नता रहेको खुलेको हो।

सहकारी ठगी कार्यमा संलग्नता रहेको भन्दै काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि उनलाई जेल चलान गरेको छ । बचतकर्ताको ११ करोड ३० लाख बढी ठगी गरेको कुरा सहकारीको पासबुक, बैंक स्टेटमेन्ट लगायतबाट देखिएको छ।

वज्रयान बहुउद्देश्यीय सहकारीका पदाधिकारीहरु रविन्द्र बज्राचार्य, राज कुमार घिमिरे, अरुण प्रकाश श्रेष्ठ, शतिशचन्द्र श्रेष्ठ, राजुभाई महर्जन, रविन कार्की र गौरीप्रभा श्रेष्ठलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को उपदफा (१) र (२) बमोजिमको कसूर अपराधमा सोही संहिताको दफा २४९ को उपदफा (३) को खण्ड (ग) बमोजिम सजाय हुन र ठगीको विगो रकम रु.११,३०,३०.४३५।– (एघार करोड तीस लाख तीस हजार चार सय पैतीस) निज प्रतिवादीहरुबाट जाहेरवालाहरुलाई दिलाई भराई दिई अपराध पीडित संरक्षण ऐन, २०७४ को दफा ४१ बमोजिम क्षतिपूर्ति शुल्क वापतको रकम प्रतिवादीहरुबाट पीडित राहत कोषमा दाखिला हुने व्यवस्था हुन समेतको मागदावी लिई प्रस्तुत मुद्दाको काठमाडौं जिल्ला अदालतमा अभियाेगपत्र दर्ता भएकाे छ।

 

प्रकाशित मिति: २६ असार २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com