काठमाडौं । पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बस अझैसम्म फेला परेको छैन।
शुक्रबार साँझ भइसकेको र त्रिशूलीमा जलसतह उच्च भएकाले खोजीमा समस्या भएको हुँदा आजलाई खोजी कार्य स्थगित गरिएको छ। मौसम अनुकूल भए भोली (शनिबार) बिहानबाटै पुन: खोजी कार्य गर्ने चितवनका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले जानकारी दिए।
नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका वडा २९ स्थित सिमलतालमा लेदोसहितको पहिरो खस्दा त्रिशूली नदीमा आज बिहान दुईवटा बस नदीमा खसेका थिए। बसमा ६५ जना सवार रहेको बताइएको छ।
प्रकाशित मिति: २९ असार २०८१, शुक्रबार
प्रतिक्रिया