काठमाडौँ । चितवनको सिमलताल पहिरोमा परी बेपत्ता भएका बसका यात्रुमध्ये दुई जनाको शव भारतको पश्चिम चम्पारणमा भेटिएको छ। भारतीय सशस्त्र सीमा बल (एसएसबी)को टोलीले ती शव फेला पारेको हो।
बिहीबार र शुक्रबार भारतको पश्चिम चम्पारण बगाहामा दुई वटा शव फेला परेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
अहिलेसम्म फेला परेको २३ वटा शवमध्ये जम्मा १४ वटा शवको सनाखत भएको छ। ८ जना पुरूष र एक जना महिलाको भने सनाखत हुन बाँकी छ।
प्रकाशित मिति: ४ श्रावण २०८१, शुक्रबार
प्रतिक्रिया