काठमाडौँ । नेपाल प्रहरीका पाँच जना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालले पाँच जना एसपीको काज सरुवा गरेको हो ।

अर्को आदेश नआउँदासम्मका लागि तोकिएको दरबन्दीमा गएर काम गर्न/गराउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । काज सरुवा हुनेमा जिप्रका तनहुँका एसपी अपिलराज बोहरा राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत, प्रधान कार्यालयको कार्य विभाग सुरक्षा सेवा व्यवस्थापन महाशाखाका वीरेन्द्रबहादुर शाही तनहुँ, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका रामप्रकाश शाह राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरवार खटिएका छन् ।

advertisement

यस्तै, उदयपुरका एसपी अन्वेषण, योजना तथा विकास निर्देशनालय नक्साल र बागमती प्रदेश प्रहरी कार्यालयको आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखाका हरिहरनाथ योगीलाई उदयपुर खटाइएको छ ।

प्रकाशित मिति: ५ श्रावण २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com