चितवन । नारायणगढ–मुग्लिन सडक अन्तर्गत पर्ने भरतपुर महानगरपालिका–१ भतेरीमा आज बिहान दुई वटा ट्रक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ . दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।

नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना ६ ख ५९९६ नम्बरको कन्टेनर र विपरीत दिशाबाट आउदै गरेको डीडी १ एल ९१६१ नम्बरको को भारतीय ट्रक बिहान साढे ६ बजे आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा कन्टेनर ट्रकका चालक पर्साको वीरगञ्ज महानगरपालिका–२४ बस्ने अन्दाजी ४० वर्षीय प्रमोद पटेल र भारतीय ट्रकका चालक भारतको उत्तर प्रदेश बस्ने वर्ष २४ को हेहताव आलमको भरतपुर अस्पतलामा उपचारका क्रममा मृत्यु भएको हो । भारतीय ट्रकका सहचालक भारतको गोरखपुर बस्ने वर्ष २२ को सावन अहमदको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ११ श्रावण २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com