कास्की । पोखरा महानगरपालिका वडा नम्बर २१ गुड्कुमा सोमबार बिहान स्कुल बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा ३३ वर्षीया आरती विक र उनका ६ वर्षीय छोरा प्रिन्सु विक रहेका छन्। प्रिन्सुको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो।
कास्की प्रहरी प्रमुख एसपी मोहन थापाका अनुसार आमाको घटनास्थलमै मृत्यु भएको थियो। सोमबार बिहान ग १ क ६२१९ नम्बरको स्कुल बम रामदीबाट पोखरा आउँदै गर्दा ५० मिटर तल खसेर दुर्घटना भएको थियो।
दुर्घटनामा परेर आरतीको मृत्यु भएको थियो भने छोरा प्रिन्सुको उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएकोमा उपचारका क्रममा उनको पनि त्यहिँ मृत्यु भएको हो।
पोखराको बिरौटामा रहेको एलपी देवकोटा मेमोरियल बोर्डिङ स्कुलका विद्यार्थी लिएर आउँदै गर्दा उक्त दुर्घटना भएको थियो।
दुर्घटनामा परेर विद्यार्थी र बस चालक तथा सहचालक गरी २८ जना घाइते भएका छन्। उनीहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, मणिपाल अस्पताल र गण्डकी शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १४ श्रावण २०८१, सोमबार
प्रतिक्रिया