काठमाडौं । काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा हास्यटेलिशृंखला ‘सक्किगोनि’का कलाकार पुरुषोत्तम आचार्य सहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्ने कलाकार पुरुषोत्तम आचार्य ‘सक्किगोनि’मा प्रहरी इन्स्पेक्टरको भूमिका देखिँदै आएका छन् । उनी नेपाल प्रहरीका पूर्वइन्स्पेक्टर समेत हुन्। काठमाडौं महानगरपालिका–८, गौरीघाटबाट उनीहरूलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार, काभ्रेको बनेपा नगरपालिका–१२ का ४१ वर्षीय राजु महतको गौरीघाटस्थित कोठामा उनीहरू जुवातास खेलिरहेका थिए । राजुसहित ११ जनालाई शनिबार साँझ पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
नगद एक लाख ७० हजार रुपैयाँ र १६ बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको थियो । उनीहरूलाई प्रहरी वृत्त गौशालामा राखिएको छ ।
प्रकाशित मिति: २७ श्रावण २०८१, आइतबार
प्रतिक्रिया