काठमाडौं । सहकारी ठगीबारे अनुसन्धानका लागि गठित सहकारी छानबिन विशेष समितिले गोर्खा मिडियाको कारोबारका सम्बन्धमा रवि लामिछानेले नै गोरखा मिडियामा कारोबार गर्ने गरेको उल्लेख गरेको छ ।

समितिको प्रतिवेदन शुक्रबार सार्वजनिक भएको छ । जसमा लामिछानेले हस्ताक्षर गरेका चेकहरु प्राप्त भएको उल्लेख गरेको जनाएको छ ।

advertisement

समितिमा बयानका क्रममा गोर्खा मिडियाको आर्थिक कारोवारमा जिवी राई नै जिम्मेवार हुने गरेको भनी उनले बयान दिएको भए पनि प्रमाणहरुमा भने त्यस्तो नपाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

‘गोरखा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले समितिसमक्ष भएको सोधपुछमा आर्थिक कारोबारका सम्बन्धमा अध्यक्ष गितेन्द्रबाबु राई नै जिम्मेवार रहेको उल्लेख गरेको भएता पनि समितिलाई प्राप्त विवरणअनुसार निज रवि लामिछानेलदे नै कारोबार गर्ने गरेको पाइएको छ’ प्रतिवेदनमा भनिएको छ ।

प्रकाशित मिति: ४ आश्विन २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com