काठमाडौं । अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गतको एपीवान एचडी टेलिभिजनको प्रसारण सेवा बन्द भएको छ। शुक्रबारदेखि परेको अविरल वर्षाका कारण कार्यालयमा बाढी पसेपछि एपीवान टेलिभिजनको प्रशारण सेवा बन्द भएको प्रधान सम्पादक दीपेन्द्र बान्तावाले जानकारी दिए।

उनका अनुसार आज बिहान ७ बजेपछि टेलिभिजनको प्रशारण बन्द भएको हो। बान्तावाले भने, ‘कार्यालयभित्रसम्म बाढी पसेको छ। बाढी पसेपछि अहिले कार्यालयमा विद्युत सेवा अवरुद्ध रहेको छ। कार्यालयका गाडी, कम्युटर, ब्याकअपलगायतका सामाग्रीसहित डुबानमा परेकाले प्रशारण बन्द भएको हो।’

advertisement

आज काठमाडौं उपत्यकाका धेरै स्थान डुबानमा परेको छ।

  • अन्नपूर्ण

प्रकाशित मिति: १२ आश्विन २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com