एजेन्सी । बिहीबार इटलीको एउटा विमानस्थलमा धावनमार्गमा उड्नै लागेको बोइङको विमानमा आगो लागेको छ । घटना दक्षिणी इटलीको ब्रिन्दसी विमानस्थलको हो । घटनाको समयमा र्यानएयरको उक्त यात्रुबाहक विमानमा १८० जनाभन्दा धेरै यात्रु थिए ।

बोइङको अर्को एउटा विमानमा अवतरणको समयमा मिलान बेर्गामो विमानस्थलमा टायर पड्किएको घटना भएको दुई दिनपछि यो घटना भएको हो । विमानमा आगो लाग्दा कयौँ घण्टासम्म विमानस्थल अस्थायी रूपमा बन्द भएको ब्रिन्दसी विमानस्थलका प्रवक्ताले पनि पुष्टि गरेका छन् । घटनाको समयमा विभानभित्र १८४ जना यात्रु रहेको र्यानएयरले भनेको छ ।

घटनापछि सबै यात्रुको सकुशल उद्धार गरिएको बताइएको छ । विमान इटलीको टुरिन सहरतिर जाँदै थियो । विमानको पाङ्ग्राबाट धुवाँ आइरहेको क्याबिन क्रुले देखेपछि विमानको उडानमा ढिलाइ गरिएको भन्दै कम्पनीले एउटा विज्ञप्तिमा भनेको छ । पछि सो विमानको सट्टा अर्कोमा हालेर यात्रुहरूलाई गन्तव्यमा पुर्‍याइएको थियो । घटनाको तीन घण्टापछि विमानस्थलमा उडान सुचारु गरिएको थियो ।

  • एजेन्सी

प्रकाशित मिति: १८ आश्विन २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com