काठमाडौं । सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा अन्तरवार्ता दिएर भाइरल भएका पुण्य गौतममाथि जोरपाटीमा आक्रमण भएको छ । सोमबार राति साढे ९ बजे घर फर्किँदै गर्दा घर नजिकै अज्ञात व्यक्तिले रडले आक्रमण गरेको हो ।

गौतमका अनुसार आक्रमणकारी एक जना मात्र थिए, र उनले चिनेनन् । रडको प्रहारले गौतमको टाउकोमा गहिरो चोट लागेको छ । बचाउने प्रयासमा उनको हातमा पनि चोट लागेको छ । उनलाई तत्काल स्थानीयले नेपाल मेडिकल कलेज, जोरपाटी पुर्‍याइएका थिए ।

जहाँ आकस्मिक कक्षमा टाउकोमा दर्जन बढी टाँका लगाइएको छ । टाउकाको नशामा रगत जमेकाले थप उपचारका लागि अहिले गौतमलाई आइसियुमा राखिएको छ ।

घटनाबारे प्रहरी अनुसन्धान जारी छ । गौतम पछिल्लो समय बाढी पहिरोबाट पीडित भएका व्यक्तिको राहतमा वितरणमा सक्रिय थिए ।

प्रकाशित मिति: २२ आश्विन २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com