काठमाडौं । उत्तरी लेबनानमा इजरायली हवाई हमलामा परी कम्तीमा २१ जनाको मृत्यु हुनुका साथै ८ जना घाइते भएका छन् ।

लेबनानको स्वास्थ्य मन्त्रालयले यसबारेमा जानकारी दिएको छ। उत्तरी लेबनानको अयोटोमा रहेको एक आवासीय भवनमा इजरायली हवाई हमला भएको मन्त्रालयको दाबी छ । यो क्षेत्र अधिकांश क्रिस्चियनहरू बसोबास गर्ने क्षेत्र हो ।

इजरायली सेनाले आक्रमणबारे केही बताएको छैन । पछिल्लो एक महिनादेखि जारी इजरायली हमलामा १७ सय जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: २९ आश्विन २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com