काठमाडौँ । भारतले क्यानडाबाट आफ्ना उच्चायुक्त सञ्जयकुमार वर्मा र अन्य कूटनीतिज्ञहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ । यससँगै भारतले दिल्लीस्थित क्यानडाको उच्चायोगका ६ शीर्ष कूटनीतिज्ञलाई देश निकाला गर्ने निर्णय गरेको छ ।

क्यानडाका स्टीवर्ट रस व्हीलर (कार्यवाहक उच्चायुक्त), प्याट्रिक हेबर्ट (उप उच्चायुक्त),मेरी क्याथरिन जोली (प्रथम सचिव), इयान रस डेभिड ट्राइट्स (प्रथम सचिव),एडम जेम्स चुइप्का (प्रथम सचिव), पाउला अर्जुएला (प्रथम सचिव) लाई भारतीय विदेश मन्त्रालयले १९ अक्टोबर राति ११ बजेर ५९ मिनेटअघि भारत छोड्न भनेको छ ।

क्यानडाले हालसम्म भारतबाट ४१ कूटनीतिक अधिकारी फिर्ता लिएको छ । गत वर्ष क्यानाडाको भूमिमा सिख पृथकतावादीको हत्यालाई लिएर विवाद बढ्दै गएपछि भारत र क्यानडाबीचको कूटनीतिक सम्बन्ध अहिलेसम्मकै तल्लो स्तरमा पुगेको हो ।

क्यानडाले भारतलाई पठाएको कूटनीतिक नोटमा क्यानडाका लागि भारतका उच्चायुक्त सञ्जय कुमार वर्मा र अन्य भारतीय कूटनीतिज्ञहरूलाई जुन २०२३ मा खालिस्तान समर्थक कार्यकर्ता हरदीप सिंह निज्जरको हत्यामा संलग्न भएको आरोप लगाइएको छ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले पनि हरदीप सिंह निज्जरको हत्यामा भारतीय एजेन्टहरू प्रत्यक्ष रूपमा संलग्न भएको विश्वसनीय आधार रहेको भन्दै आरोप लगाएका थिए । क्यानाडाली पुलिसले भारतीय एजेन्टहरूलाई ‘हत्या, जबरजस्ती र हिंसात्मक कार्य’ मा संलग्न भएको उल्लेख गरेको थियो ।

भारतमा सिखहरूको लागि छुट्टै मातृभूमि खोज्ने खालिस्तान आन्दोलनका समर्थकहरूलाई लक्षित गरि भरातले आफ्नै भूमिका गतिविध गरिरहेको क्यानाडाको आरोप छ । ट्रूडोले राजनीतिक लाभका लागि क्यानाडाको ठूलो सिख समुदायलाई लक्षित गरेको उल्लेख गरेका थिए ।

प्रकाशित मिति: २९ आश्विन २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com