काठमाडौं । दक्षिणी म्यानमारको तानिन्थाइ क्षेत्रमा तेलको जहाजमा आगलागी हुँदा आठ जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका र एक जना बेपत्ता  छन् ।

तानिन्थाइ क्षेत्रको दावेई टाउनसिपको बन्दरगाहमा एउटा तेल ट्याङ्करले अर्को तेल भण्डारण जहाजमा रिफिल गरिरहेको बेला तेल भण्डारण गर्ने जहाजमा आगो लागेको विभागले जनाएको छ ।
मृत्यु हुनेमा सात पुरुष र एक महिला रहेका छन् ।

घाइते हुनेमा दुई पुरुष र एक महिला रहेको र बेपत्ता हुनेमा एक पुरुष रहेको बताइएको छ ।

प्रकाशित मिति: ३० आश्विन २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com