काठमाडौं । बलात्कारसम्बन्धी मुद्दामा फसाइदिने भन्दै एक जना व्यक्तिसँग लेनदेन गरेको आरोप लागेकी इन्स्पेक्टर बिनुकुमारी शाहीविरूद्ध पक्राउ पुर्जी जारी भएको छ ।

ललितपुर प्रहरी प्रमुख एसएसपी शेखर खनालले पक्राउ पुर्जी जारी भएको जानकारी दिए । यसअघि प्रहरी प्रभाग, भैंसेपाटीकी प्रमुख रहेकी इन्स्पेक्टर शाहीलाई जिम्मेवारीबाट हटाइएको थियो ।

शाहीले एक व्यवसायीलाई नियन्त्रणमा लिएर ३० लाख रूपैयाँ लेनदेन गरेको आरोप छ । उनले त्यो रकम आफन्तको नाममा रहेको खातामा हाल्न लगाएको आरोप छ ।

यो प्रकरणमा छानबिन गर्न जिल्ला प्रहरी परिसर, ललितपुरका डीएसपी नरहरि अधिकारीको नेतृत्वमा ७ सदस्यीय छानबिन समिति बनिसकेको छ ।

 

प्रकाशित मिति: ३० आश्विन २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com