काठमाडौँ । नेपालले अमेरिकामा पर्सीबाट त्रिकोणात्मक टी-२० र र त्यसपछि एक दिवसीय सिरिज खेल्दैछ । तर, टीमका प्रमुख स्पिनर सन्दीप लामिछाने नेपालमै छन् ।
सन्दीपसँग अमेरिकाको भिसा नभएकाले उनी क्यानाडामा खेलिसकेर स्वदेश फर्किएका थिए । अहिलेसम्म पनि उनलाई अमेरिकी दूतावासले भिसा दिएको छैन । सन्दीपले सामाजिक सञ्जालमा आफ्नो व्यग्रतालाई सांकेतिकरुपमा पोखेका छन् । उनले लेखेका छन्, ‘परिस्थितिहरू नियन्त्रण बाहिर ।’
प्रकाशित मिति: ३० आश्विन २०८१, बुधबार
प्रतिक्रिया