काठमाडौं । ‘हनी ट्रयाप’ प्रकरणमा अनुसन्धानमा तानिएकी ललितपुर भैंसेपाटीमा कार्यरत प्रहरी निरीक्षक बिनु शाही फरार भएकी छन् । पक्राउ पर्ने अनुमानपछि उनी हाल सम्पर्कमा नरहेको ललितपुर प्रहरी स्रोतले जानकारी दिएको छ । उनीविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।

भैंसेपाटीमा घरजग्गा कारोबारीलाई हनी ट्रयापमा पारेर ३० लाख रुपैंयाँ असुलेको घटनाबारे अनुसन्धान गर्न जिल्ला अदालत ललितपुरले उनलाई पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएको थियो । व्यवसायीलाई ‘बलात्कार मुद्दामा फसाई दिने’ भन्दै हनि ट्रयापमा पारेर रकम असुलेको आरोपमा उनकै सहयोगीहरु सहायक हवल्दारसहित चार जना थुनामा छन् ।

सुष्मा बिक र इटहरी घर भएका ताज मुल इस्लाम, भिमादेवी थापा र सहायक हवलदार महेन्द्र हमाल पक्राउ परेको पनि प्रहरीले जानकारी दिएको छ । ललितपुरको सानागाउँमा घरजग्गा कारोबारीबाट ३० लाख रुपैयाँ असुलेको घटनामा प्रहरी प्रभाग भैँसेपाटीकी इन्स्पेक्टर बिनु शाही पनि मिलेको ती व्यवसायीले आरोप लगाएका छन् ।

बलात्कार मुद्दामा फसाइ दिने भन्दै एक व्यक्तिसँग लेनदेन गरेको आरोप लागेपछि उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले उनलाई १० असोजमा जिम्मेवारीबाट हटाएको थियो । उक्त घटनाबारे जिल्ला प्रहरी परिसर, ललितपुरले छानबिन थालेको थियो ।

प्रकाशित मिति: ३० आश्विन २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com