रामेछाप । सिन्धुली र रामेछापलाई जोड्ने खुर्कोटको पुलको निर्माण कार्य सम्पन्न भएको छ । बुधबार साँझ खुर्कोटको पुलमा बेलिब्रिज निर्माण भएसँगै दुई सडक जोडिएको हो ।

नेपाली सेनाले दुई जिल्ला जोड्ने रामेछापको मुख्य मार्ग सुचारु गर्ने बाटो अन्तिम चरणमा पु¥याएको जनाएको छ । रामेछापको लाइफ लाइनको रूपमा रहेको खुर्कोट पुल गत असोज ११ र १२ गते परेको अविरल वर्षाको कारण सुनकोसी नदीले बगाएको थियो । खुर्कोटको पुल बगाए पश्चात् रामेछाप सहित ओखलढुङ्गा प्रवेश गर्ने यात्रुले समस्या भोग्नु परेका थियो ।

शनिवारसम्म जडानको काम पूर्ण रुपमा सकेर यातायात सुचारु गरिने पुल निर्माणमा प्राविधिक कामको नेतृत्व गरेका नेपाली सेनाको चौध बाहिनी अड्डाका मेजर चिरञ्जीवी चौलागाईले बताए ।

 

प्रकाशित मिति: १ कार्तिक २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com