काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका प्रभावशाली स्पिनर सन्दीप लामिछानेले अन्ततः अमेरिकाको प्रवेशाज्ञा (भिसा) पाएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार, नेपालस्थित अमेरिकी दूतावासले सन्दीपलाई भिसा उपलब्ध गराएको हो ।

सन्दीप शुक्रबार राति नै अमेरिका प्रस्थान गर्ने पनि क्यानले जनाएको छ । नेपाली टोली हाल आईसीसी क्रिकेट विश्वकप लिग – २ अन्तर्गत आफ्नो तेस्रो शृङ्खला खेल्न अमेरिका भ्रमणमा रहेको छ ।

प्रकाशित मिति: २ कार्तिक २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com