ताप्लेजुङ । ३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको पाथीभरा मन्दिरमा शनिबार एकैदिन ५ हजार ९ सय ८३ जनाले दर्शन गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार यो संख्या यो सिजनकै सबैभन्दा बढी हो ।

असोज महिनामा ५ हजार ९ सय ४९ जना मात्रै तिर्थयात्री पाथीभरा पुगेका थिए । असोज १० गतदेखिको वर्षा र बाढीका कारण यो वर्ष पाथीभरा आउने तिर्थयात्री पनि प्रभावित भएका थिए ।

पाँचथर हेवाखोलाको पुल बगाएपछि र मेची राजमार्ग तथा तमोर करिडोर अवरुद्ध भएपछि नवरात्रको समयमा पनि पाथीभरा सुनसान बनेको थियो । पाथीभरामा यो सिजन र चैते दसैँको सिजनमा अत्यधिक तिर्थयात्री आउने गरेका छन् ।

शनिबार बिहान २ बजेदेखि सुरु भएको दर्शनार्थीको चाप दिउँसो २ बजेपछि मात्रै कम भएको क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले बताए ।

प्रकाशित मिति: ३ कार्तिक २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com