काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले ध्वनि प्रदूषण नियन्त्रण गर्न एक अभियान सुरु गरेको छ । नगरप्रमुख दीपक कुमार रिसालले जारी गरेको सूचनामा साइलेन्सर मोडिफाई गरेर ठुलो आवाज निकाल्ने मोटरसाइकल चालकहरूको भिडिओ खिचेर ह्वाट्सएपमा पठाए ५ हजार रुपैयाँ पुरस्कार दिने बताइएको छ।

जो कसैले पनि सवारी नम्बर र फोटोसहित ९८५१२९६३१२ मा सूचना पठाएर पुरस्कार जित्न सक्नेछन् । सुचना दिने व्यक्तिको नाम गोप्य राखिने नगरपालिकाले जनाएको छ।

ठुलो आवाजमा मोटरसाइकल चलाउने चालकको भिडिओ सूचना पाएपछि चालकलाई जरिवानासहित कार्वाही गरिने बताइएको छ। नगरपालिकाले यस्तो कदम चाल्नुको मुख्य कारण वातावरणीय प्रदूषण र शान्त जीवनयापनमा असर पुगेको बताएको छ ।

सूचना दिनेको नाम गोप्य राख्ने प्रावधानले यस अभियानमा सर्वसाधारणको सहभागिता बढ्ने विश्वास नगरपालिकाले लिएको छ। यस अभियानबाट गोकर्णेश्वर क्षेत्रको ध्वनीको वातावरणमा सुधार आउने नगरपालिकाले अपेक्षा गरेको छ।

प्रकाशित मिति: ५ कार्तिक २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com