काठमाडौं । काठमाडौंको सितापाइलामा पार्किङ गरेर राखिएको कारमा आगलागी भएको छ।

सोमबार बिहान सीतापाइलामा सडक छेउ रोकेर राखिएको बागमती प्रदेश ०१-०२९ च ५९५० नम्बरको विद्युतीय कारमा आगलागी भएको हो। आगलागी भएको विद्युतीय गाडी चिनियाँ ब्राण्ड सेरेसको भएको खुलेको छ ।

शोरुम अघि पार्किङमा राखिएको उक्त विद्युतीय कारमा एक्कासी आगोल लागि भएको प्रहरीले जनाएको छ।

यसैबीच कम्पनीले यस सम्बन्धमा विज्ञप्ति प्रकाशित गरी गाडीमा देखिने नियमित प्राविधिक समस्या अन्त समाधान नभएपछि सर्भिस सेन्टरमा ल्याइएको उक्त गाडिमा शर्ट सर्किट भएर धुवाँ डिस्चार्ज भएको उल्लेख गरेको छ ।

तर, उक्त विद्युतिय गाडीहरुमा यस्तो आगलागीको समस्या पटक-पटक आइरहेको छ ।

प्रकाशित मिति: ५ कार्तिक २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com