काठमाडौँ । भिस्तारा एयरको विमानमा बम रहेको हल्ला चलेपछि प्रहरी, नेपाल आर्मी लगायत सुरक्षा निकायले सर्च गरिरहेका छन् ।

दिल्लीबाट काठमाडौँ अवतरण गरेको उक्त विमानमा बमको हल्ला भएको जानकारी आएपछि आफू त्यसतर्फ गइरहेको उपत्यका प्रहरी कार्यालयकी एआईजी किरण बज्राचार्यले जानकारी दिएकी छन् ।

उनले भनिन्, ‘बम रहेको सूचना सुनेपछि म त्यसतर्फ जाँदैछु । सुरक्षा निकाय परिचालन भएका छन् ।’ विमानमा रहेका सबै यात्रु ओरालिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले भने विमान पार्किङ वेमा रहेकाले उडान–अवतरण नियमित रहेको जनाएको छ ।

 

प्रकाशित मिति: ६ कार्तिक २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com