काठमाडौँ । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ ।

महानगरले आज एक सूचना जारी गर्दै स्वास्थ्य तर्फका विभिन्न पदका लागि एक सय आठ जना कर्मचारी माग गरेको हो।
महानगरले आठौँ तहको मेडिकल अधिकृत (डाक्टर) पदमा चारजना, पाँचौँ तहको ल्याब टेक्निसियन २९ जना, फिजियोथेरापी असिस्टेन्ट ३२ जना, स्टाफ नर्स पाँचजना, फार्मेसी सहायक १० जना, रोडियोग्राफर एक, तथ्यांक सहायक एक र कार्यालय सहयोगी २६ जना गरी एकसय आठ जना कर्मचारी माग गरिएको सूचनामा उल्लेख छ।

लोक सेवा आयोगबाट सिफारिस वा अन्यत्रबाट स्थायी प्रकृतिको कर्मचारी सरुवा भइ नआएसम्म यस आर्थिक वर्षको असार मसान्तसम्मको लागि कर्मचारी माग गरिएको सूचनामा उल्लेख छ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिन सक्नेछन्।

हेर्नुहोस् सुचना:

 

प्रकाशित मिति: ७ कार्तिक २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com