कास्की– पोखरा महानगरपालिका मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य विजयी भएका छन् । निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण थापालई ६,०४५ मतान्तरले पराजित गर्दै आचार्य निर्वाचित भएका हुन् ।आचार्यले ५८,८९३ मत प्राप्त गरे भने थापाले ५२,८४८ मत पाएका छन् । यस्तै, उपमेयरमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङले निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसकी कोपिला रानाभाट भन्दा ३,८८३ मत बढी प्राप्त गर्दै विजयी भएकी छिन् ।उनले ६०,५४६ मत प्राप्त गरिन् भने नेपाली कांग्रेसकी कोपिला रानाभाटले ५६,६६३ मत प्राप्त गरेकी छिन् । यस्तै राप्रपाकी रन्जनाकुमारी सेन पौडेलले ५,६९९ मत प्राप्त गरिन् भने मेयर पदमा राप्रपाका शंकर खरालले ५,६७४ मत प्राप्त गरे ।
प्रकाशित मिति: ११ जेष्ठ २०७९, बुधबार
प्रतिक्रिया