काठमाडौं । आइसीसी पुरुष टी–२० विश्वकपमा जिम्बाब्वेले नेपालको टी–२० इतिहासमा बनाएको उच्च स्कोरको रेकर्डलाई तोडेको छ ।

अफ्रिका सब-रिजनल क्वालिफायरमा बुधबार जिम्बाब्वेले गाम्बियाविरुद्ध विस्फोटक ब्याटिङ गर्दै ३४४ रनको कीर्तिमानी स्कोरसँगै नेपालको रेकर्ड तोडिएको हो ।

यसअघि नेपालले मंगोलियाविरुद्ध ३१४ रन बनाएको थियो। जिम्बाब्वेले ४ विकेटको क्षतिमा ३४४ रनको योगफल खडा गरेको हो।

प्रकाशित मिति: ७ कार्तिक २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com