काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ मा घरेलु टोली नेपाल समूह ‘बी’को विजेता बनेर सेमिफाइनलमा पुगेको छ।

बिहीबार दशरथ रंगशालामा भएको खेलमा नेपालले श्रीलंकालाई ६-० गोलले पराजित गरेर समूह विजेता बन्यो।

नेपालले समूहमा ७ अंक जोड्दा उपविजेता बनेको भुटानले पनि ७ अंक नै जोड्यो। गोलअन्तरमा भने नेपालले भुटानलाई एक गोलले पछि पार्‍यो।

यसअघि नेपालले माल्दिभ्सलाई ११-० गोलले पराजित गर्दा भुटानसँग गोलरहित खेलेको थियो। अब नेपालले आइतबार दोस्रो सेमिफाइनलमा भारतसँग खेल्नेछ।

प्रकाशित मिति: ८ कार्तिक २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com