काठमाडौं । काठमाडौंको रानीवनबाट पेतस्तोलसहित सेनाका एक जना सिपाही पक्राउ परेका छन्।
शनिबार साढे ९ बजे नागार्जुन नगरपालिका-१ रानीवनस्थित खाजाघरबाट प्रहरी वृत्त स्वयम्भूको टोलीले एक जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा दैलेख भगवतीमाई गाउँपालिका-७ घर भई रानीवन बस्ने २४ वर्षीय अनिल खड्का छन्।
उनी खाजा घरमा पेस्तोल लिएर बसेको भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सूचनापछि स्वयम्भूबाट खटिएको टोलीले उनलाई पेस्तोलसहित पक्राउ गरेको हो।
उनीबाट युएसए लेखिएको पेस्तोल बरामद भएको हो। गोली भने फेला परेको थिएन।
उनी नेपाली सेनाका सिपाही रहेको वृत्तले जनाएको छ। यस घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
प्रकाशित मिति: ११ कार्तिक २०८१, आइतबार
प्रतिक्रिया