काठमाडौं । काठमाडौंबाट भारतको दिल्ली उड्न लागेको एयर इन्डियाको जहाजमा बम राखिएको सूचना आएको छ ।

एआई २१६ उडान नम्बर जहाजमा बम राखिएको सूचना आएको हो । उक्त जहाजमा ५५ नेपालीसहित १ सय ५८ यात्रु रहेका छन् ।

दिल्लीमा रहेको एयर इन्डियाको कार्यालयबाट विमानमा बम रहेको खबर आएको विमानस्थल स्रोतले बताएको छ । त्यसलगत्तै सबै यात्रुलाई ओरालेर जाँच भइरहेको छ ।

प्रकाशित मिति: १२ कार्तिक २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com